धनगढी, फाल्गुन १५/ नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको टिप्पणी गरे । आफूहरु पछिल्लो साँढे दुई महिना यता क्रान्तिको रक्षाको लागि सडकमा गएको पनि दाहालले सुनाए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सम्बद्ध शिक्षकहरूको आज ९शनिबार० ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आलोपालो सरकारको नेतृत्वपनि पालना नगरेको र कुनै सहमति कार्यान्वयन नगरेको पनि दाहालले आरोप लगाए । उनले भने,‘निर्णय भएपछि लागु नगर्ने, आलोपालो अध्यक्षता पनि लागु नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागु नगर्ने, राजनीतिक प्रतिवेदनका कुनैपनि आँफैले हस्ताक्षर गरेको पनि कार्यान्वयन नगर्ने, अन्तरिम विधानको कुनैपनि प्रावधान लागु नगर्ने, अझ म नै एक्लै ९आई एम द स्टेट भन्याजस्तो, श्री ३ महाराजजस्तो, अस्ति त तपाईँहरुले देखिहाल्नुभयो, श्री ३ महाराज र श्री ५ महाराजलाई जस्तै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ भनेर बोल्ने, हिजो पञ्चायतका वरिपरिका मान्छेहरु त तपाईँहरुले देखिहाल्नुभयो ।