• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानमन्त्रीको रोग लुकाउन जरुरी हो ? डा. झा भन्छन्- उहाँले भन्न चाहनुहुन्न भने कर गर्न मिल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कस्तो हो भन्ने बारेमा चिकित्सकीय विवरणसहितको जानकारी सरकारी तहबाट अहिलेसम्म गराइएको छैन । सरकारी तहबाट स्वास्थ्य ‘ठीक छ’ मात्रै भनिएको छ तर उनलाई के भएको हो र अहिलेको अवस्था के हो भन्ने कुरा सार्वजनिक गरिएको छैन । सो सम्बन्धी प्राविधिक जानकारी गराउने कुनै राजनीतिक नियुक्तिको मान्छेले भन्दा पनि निजी चिकित्सक टोलीले हो । तर, निजी चिकित्सक टोलीले अहिलेसम्म यसबारेमा जानकारी गराउनुपर्छ भन्ने आवश्यकता ठानेको देखिएको छैन ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झा भन्छन्, “प्रधानमन्त्रीले नै जानकारी दिन नचाहेर हुन सक्छ । जानकारी देऊ भनेको अवस्थामा त निजी चिकित्सकले जानकारी गराइहाल्थे नि । तर, उहाँले जानकारी दिन चाहनुहुन्न भने तपाईंको रोगबारे जानकारी दिनैपर्छ भनेर अरुले भन्न मिल्दैन ।”आखिर प्रधानमन्त्रीलाई जनतासँग रोक लुकाउनुपर्ने अवस्था किन आयो त ? यसबारेमा कसैले पनि प्रष्ट जवाफ दिन सकिरहेका छैनन् । गएको सोमबारमात्रै सिंगापुरमा स्वास्थ्य लाभ गरेर स्वदेश फर्किएका प्रधानमन्त्रीलाई फेरि सिंगापुर लग्ने तयारी भइरहेको भनेर बिहीबार चर्चा चल्यो । त्यसपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राति ट्विट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठीक भएको जनाएका थिए । यद्यपि अझै विविध खालका आशंका जनस्तरमा देखिएका छन् ।

हाइ प्रोफाइल व्यक्तिको स्वास्थ्यमा समस्या आउँदा दैनिक वा दिनको केही पटक मात्रै होइन, घण्टैपिच्छे बुलेटिन नै प्रकाशित गरेर अवस्था सार्वजनिक गर्ने चलन हुने सम्बद्ध विज्ञहरुको भनाइ छ  ।

डा. झा भन्छन्, “अवस्था हेरेर घण्टैपिच्छे पनि जानकारी गराउने चलन हुन्छ ।” तर, प्रधानमन्त्रीलाई यसअघि सिंगापुर जाने क्रममा खास समस्या भएको हो भनेर औपचारिक रुपमा कुनै कुरा जानकारी गराइएन । त्यहाँ कुन स्वास्थ्य संस्थामा उपचार गराइएको र केके परीक्षण कुन चिकित्सकसँग गराइयो भन्ने कुरा पनि खोलिएन ।

बाह्रखरीसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्रीको सचिवालयका प्रेस संयोजक चेतन अधिकारीले प्रमुख राजनीतिक सल्लाहकार रिमालले बिहीबार सार्वजनिक गरेको भनाइ नै आधिकारिक भएको जनाए । उनका अनुसार आज  बिहान ११ बजे आफ्नो अध्यक्षतामा बैठक गर्न उनैले नेकपाको सचिवालय बैठक डाकेका हुन् । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य ठीक भएको र शुक्रबार बिहानैदेखि नियमित भेटघाट र बैठकमा सहभागी हुने बिहीबार जनाएका थिए ।

बिहीबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएकोे थियो । तर, बेलुका उनको स्वास्थ्यमा थप समस्या आएको र सिंगापुर लैजाने तयारी भएको भन्ने समाचारहरु आएका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाकार रिमालले उक्त समाचारहरुको बिहीबार राति नै खण्डन गरेका थिए । रिमालले ट्विटमा लेखेका थिए, “सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आज (बवहीबार)को सचिवालय बैठक भोलि बस्ने गरी स्थगित भयो ।“

रिमालले केही  मिडियामा आएका अफवाहहरु निराधार भएको जनाउँदै लेखेका थिए, “यसै आधारमा उहाँको स्वास्थ्य अवस्था बारे अड्कलवाजीसहित केही मिडियामा सम्प्रेषित अफवाहहरू निराधार छन् । प्रमको स्वास्थ्य ठीक छ । उहाँ भोलि (शुक्रबार) बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ ।” प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै  चासो राख्ने  सबै शुभचिन्तकहरूलाई उनले धन्यवाद पनि भनेका थिए ।

रिमालले भनेजस्तै आज नेकपाको सचिवालय बैठक बसेको छ र प्रधानमन्त्री ओली त्यसमा सहभागी भएका छन् ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष झा आफ्नो रोग के हो भनेर कसैलाई भन्न मन लागेन भने त्यो व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै भन्नैपर्छ भनेर कर गर्न नमिल्ने जनाउँछन् । तर, कसैलाई जनताले जानन् भन्ने लागेमा नियमित रुपमा भन्ने गरेको समेत उनले उल्लेख गरे । उनको भनाइ थियो, “हाइ प्रोफाइल व्यक्तिको स्वास्थ्यका बारेमा घण्टैपिच्छे जानकारी गराउने चलन पनि हुन्छ  । तर, उहाँले भन्नै चाहनु हुन्न भने कर गर्ने कुरा पनि हुँदैन ।”

प्रधानमन्त्री ओली हालैमात्र फलोअप उपचारका लागि सिंगापुर गएर सोमबार फर्केका हुन् । स्वास्थ्य ठीक छ भन्ने जानकारी गराइए पनि के भएको थियो र कतिसम्म ठीक भएको हो भन्ने बारेमा जनस्तरमा चासो देखिएको हो ।

प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेबमोजिम उनी त्यसतर्फ गएर आएको बताइँदै आएको छ । तर, पहिलाको भन्दा सुध्रियो, बिग्रियो वा कहिले सम्म आराम गर्नुपर्ने वा आराम गर्नै नपर्ने भन्ने बारेमा तुलनात्मक जानकारी गराइएको छैन ।

प्रधानमन्त्रीका निकट सहयोगीहरुका अनुसार उनी राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुन्छन् र र बिहान पनि सबेरै उठ्छन् । धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले बताउँदै आएको छ ।  सिंगापुर जानु भन्दा एक साताअघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । रगत, दिसापिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सी लगायतका परीक्षण सो अवसरमा गरिएको बताइएको थियो ।
उनी केही दिनसम्म सार्वजनिक कार्यक्रममा पनि सहभागी नभएकोमा सिंगापुर जानुअघि भने केही कार्यक्रममा सहभागी भएका थिए । ६ वर्षअघि उनको हातमा समेत संक्रमण भएर समस्या आएको थियो ।

शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.