धनगढी, फाल्गुन १२/ नेकपाका नेता एवं प्रतिनीधि सभाका सांसद महेश बस्नेतले बाबुराम भट्टराई झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताए ।
आज काठमाडौंमा आयोजित युवा संघ नेपाल केन्द्रीय कमिटिको पुर्ण बैठकलाई संवोधन गर्दै नेता बस्नेतले ‘वावुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके’ अदालतको फैसला आएसँगै उनको रोग निको हुनुभनेको देश बर्बाद गर्न उब्जिएको रोग नै बाबुरामको भएको बस्नेतको आरोप थियो ।
‘बाबुरामको रोग केपी ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने मानशिक रोग थियो,सर्वोच्वको फैसल्लासँगै उहाँको रोक निको भयो’ बस्नेतको भनाई छ ।