धनगढी, माघ १७/ नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले इतिहास पछाडि फर्किन नसक्ने बताएका छन् ।
पहिलेको एमाले र माओवादी विलिन भएर नेकपा स्थापना भइसकेकाले कसैले पनि विचलित नहुन नेपालको आग्रह छ । केपी ओलीको पार्टी नक्कली भएकाले त्यहाँ बिर्सेर गएको भएपनि फर्किन नेपालले आग्रह गरे ।
नेपालले भने, ‘केपी ओलीले निर्वाचन पनि गराउँदैनन्, केपी देशलाई अस्तव्यस्त बनाउन चाहान्छन्, केपीले व्यवस्था परिवर्तन गर्न चाहान्छन् । उनी आन्दोलनका विरोधि र लोकतन्त्रका विराधि हुन् ।’
केपी ओलीलाई संविधान भंग गर्ने अधिकार नभएको भन्दै नेपालले प्रतिनिधि सभा पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । सिंगो जनता नेकपाको पक्षमा भएको बताउँदै नेपालले ओलीले आफैले आफ्नो खाल्डो खनेको बताए ।