• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अख्तियारले समातेका सहायक वन अधिकृत सुरेशचन्द्र डिसी वन फँडानीका प्रमुख योजनाकार

डोटी – सव–डिभिजन वन कार्यालय वीपीनगरका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट नगदसहित अख्तियारको टोलीले समात्यो।  वीपीनगर क्षेत्रमा काटिएको काठको ठेक्का मिलाइदिएबाफत घुस  रकम लिएको भन्ने ‘बेनामे’ उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोली उनलाई खोज्दै त्यहाँ पुगेको थियो।

डिएसपीको नेतृत्वमा आएको टोलीले उनको झोलामा नगद तीन लाख २६ हजार रकम फेला पारेको छ।  उजुरीकर्ताले काठको काम मिलाइदिएबाफत पाँच लाख ६० हजारमा ‘बार्गेनिङ’ मिलाएर रकम लिएको भन्ने व्यहोरा उल्लेख गरेको अख्तियारको महेन्द्रनगर कार्यालयका प्रमुख शिब कार्की बताउँछन्।

अहिले उनी अख्तियारको नियन्त्रणमै छन्।  ‘हामी नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौ,’ अख्तियार महेन्द्रनगर कार्यालयका प्रमुख कार्की भन्छन्,‘सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाउछौ। ’ अख्तियारले घटनाका बिषयमा थप सूचना दिन मानेको छैन्।

अख्तियारले समातेका सहायक वन अधिकृत डिसी प्रशासनिक काम मात्रै होइन्, वन फँडानीका मुख्य योजनाकार समेत रहेको स्रोत बताउँछ।  वीपीनगर क्षेत्रमा ठुलो मात्रामा सालको वन छ।  सो क्षेत्र काठका तस्करहरुको नजरमा परेको क्षेत्र हो।  त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा सो क्षेत्रमा काठको कटानी आदेश जारी भएको थिएन्।  गत आर्थिक वर्ष २०७५/०७६ मा कटानी आदेश खोल्नका लागि काठका ठेकेदार तथा उपभोक्ताहरु जोडबलमा जुटेका थिए।  उनीहरुलाई राजनीतिक नेतृत्वको पनि सहयोग थियो।

यसैक्रममा स्रोतका अनुसार सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको राजनीतिक ‘पावर’ प्रयोग गरेर योजनावद्ध रुपमा सहायक वन अधिकृत डिसी गत भदौ–असोजमा सव–डिभिजन वन कार्यालय वीपीनगरको गए।  उनी गएपछि काठ काट्ने बातावरण मिलाउन थाले।  उनको अभियानलाई राजनीतिक शक्तिले माहोल मिलाउने काम ग-यो।  ‘मुख्यमन्त्री कार्यालय र डिसीको साँठगाँठमै योजना बनेको थियो,’ स्रोत भन्छ,‘यसक्रममा काठ काट्नेदेखि लिएर कुन ठेकेदारलाई बिक्रि गर्नेसम्मको योजना त्यतिबेलै बनेको थियो।  धनगढीमा ठेकेदार र डिसीसहितको बैठक बसेको थियो। ’

त्यसपछि कटानी आदेश दिने प्रक्रिया अन्तर्गत प्रारम्भिक प्रक्रिया थालनी भयो।  त्यसपछि पदमराज ओझा, भोजराज भट्ट, चक्र घर्ती, लिलाधर जोशी, शेरबहादुर बोहरा लगायतका ठेकेदारहरु अवैैध रुपमा रातारात उपभोक्ता समितिहरुसंग सम्झौता गरेर कटानी प्रक्रियामा लगानी गर्नथाले।

त्यसपछि सहायक वन अधिकृत डिसीले नै प्रक्रिया पु-याएर सव डिभिजन वन कार्यालय वीपीनगर मातहतका ३२ वटा सामुदायिक वनको काठ कटानी आदेशको सहमतीका लागि डिभिजन वन कार्यालय सिलगढीलाई सिफारिस पठाए।
उनै डिसी नियमित डिभिजन प्रमुख सरुवा भएको मौकामा ‘पावर’ प्रयोग गरी निमित्त प्रमूख भएर चैत्र १४ गते डिभिजन वन कार्यालय सिलगढीमा जिम्मेवारी लिएर आए।  उनैले आफ्नो सिफारिसलाई सदर गर्दै सबै सामुदायिक वनलाई कटानी आदेश दिए।  जसमा ५६ हजार सात सय ६६ क्यूफिट काठ रहेको छ।  ३२ मध्ये ५ वटा सामुदायिक वनमा सल्लो,  एकमा असना  र बाँकी सबैमा सालको काठको कटानी आदेश दिइएको छ।

उनै डिसीले १४ चैत्र २०७५ देखी २२ बैशाख २०७६ सम्म निमित्त सम्हाल्दा जिल्लाभरी ५३ वटा सामुदायिक वनमा काठ कटानीको सहमती दिएका छन्।  जसमा एक लाख १८ हजार ६ सय तीन क्यूँफिट काठको सहमती दिइएको छ।   स्रोतका अनुसार उनले कटानी सहमती प्रदान गर्दा शुरुमै प्रतिक्यूँफिट ७५ रुपैयाँ बार्गेनिङ गरेर लिएका थिए।  ‘७५  रुपैयाँ प्रतिक्यूँफिट नदिए कटानी सहमती नै दिएनन्,’ स्रोतले भन्यो,‘सब काम सेटिङमै भएको थियो।  सबैले त्यो रकम दिएर सहमती लिएका छन्। ’

स्रोतका अनुसार वीपीनगर क्षेत्रमा १५ वटा सामुदायिक वनमा ठेकदार पदमराज, ६ वटामा भोजराज, ६ वटामा लिलाधर, दुईवटामा चक्र घर्ती र एउटामा शेरबहादुरले कटानीको काम गरेका छन्।  जसमा निकासी प्रक्रियामा भोजराजले अरुसंग लगानी फिर्ता मागेर सहभागिता नजनाएको बुझिएको छ। नागरिक दैनिकबाट

मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.