• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बाजुरा सदरमुकाम मार्तडी जान सहज, नगरपालिकाले बनायो बुढीगंगा नदीमा काठे पुल

बाजुरा १६ पुस/ सर्वाधिक सास्ती खेप्नुपर्ने साँफे–मार्तडी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिकाद्धारा बुढीगंगा नदीमा कामचलाउ काठेपुल निर्माण गरेको छ । सदरमुकाम मार्तडीसम्म यातायात सञ्चालन सँगै सामान ढुवानीमा हसहज थियो । स्थलगत भ्रमण गर्दा यातायात ठप्प भएको अवस्था र सदरमुकाम लगायतका बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्य बृद्धी हुंदा नागरिकले सास्ती खेप्न नपोरोस् सभन्ने हेतुुले कामचलाउ काठेपुल निर्माण गरेको बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउनुभएको छ । काँठेपुल निर्माण गरेर मंगलबार बिहानबाट बाट यातायात सञ्चालनमा आएका छन् ।

काँठेपुल निर्माणमा बेलिब्रिज निर्माण गरिरहेको डोजरलाई प्रयोग अन्य ब्यबस्थापन नगरपालिकाले गरेको नगरपािलकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले वताउनुुभयो । बुढीगंगा नदिमा एमके कन्ट्रक्सन धनगढीले बेलिब्रिज निर्माणको कार्य सुरु गरिसकेकोछ तर उक्त बेलिब्रिज निर्माणमा केही थपसमय लाग्ने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिनिटाटा, वाइक गुड्ने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले वताउनुुभयो । उक्त पुल निर्माण गर्दा करिव एक लाख रुपियाँ वरावर खर्च भएको अधिकृत विकले वताउनुभयो ।

गत साउन २५ को आएको बाढीले बाजुरामा करोडौं रुपियावरावर क्षर्त भएको थियो । जडाङ्गामा रहेको बेलिब्रिज बगाउदा सदरमुकाम मार्तडी सम्मको सम्पर्क बिच्छेद भएको थियो । खोलामा पुल नहुँदा मार्तडी सम्म जिप सञ्चालनमा आउन सकेका थिएनन् । बेलिब्रिज निर्माण कार्य सुरु भइसकेको र माघ महिनाको मसान्त सम्म काम सम्पन्न गरीसक्ने सडक डिभिजनले कार्यालय अछामले वताएको छ । बेलिबिज्र बगाएको ठाँउमा गत असोजमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल निर्माण गरी खच्चड र मानिस आवतजावत गर्न सहज पारिएको भएपनि अहिले बडिमालिका नगरपालिकाले ठुलो काठेपुल निर्माण गरेसंगै सवारी साधनलाई आवतजावतमा सहजता भएको छ ।

यद्येपी २०५२ सालमा सिलान्यास गरेको सांफे –मार्तडी ५७ किमि सडक हाल सम्म नियमित सुुचार हुन सकेको छैन । स्वायल टेष्ट गर्दा वार्जुगाड देखि जडाङ्गा सम्म करिव २५ किलोमिटर बाटो सडक सञ्जालका लागि उपयुक्त नभएको प्राविधकले वताउँदे आएका छन् । बलौटे माटो, दवारीको पहिरो र बुढीगंगा नदीको वर्षेनी कटानका कारण उक्त बाटो स्टेवल नभएको अछाम वाजुरा पूर्वाधार विकास कार्यालयका प्रमुख जंगवहादुर थापाले वताउनुभयो ।

साथै बाटोको दुराअवस्थाबारे पाटक पटक सम्बद्ध निकायको ध्यानाकर्षण गराउदै आएको प्रमुख थापले जानकारी गराउनुु भयो । साँफे मार्तडी सडक खण्डको ताँप्रीसेरा देखि मार्तडी सम्मको सडक एलाइनम्यान्ट परिवर्तन नगरेसम्म साँफे मार्तडी सडकबाट यात्रुले जहिले सास्ती खेप्नुपर्ने छ ।

बिहिबार, पुष १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.