धनगढी, १४ पुस
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा मंगलबार धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धनगढी उप–महानगरपालिकाको समन्वय तथा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको भूमिका बिषयमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा उप–महानगरपालिकाका जनप्रतिनिधीहरु, शाखा महाशाखाका प्रमुखहरु, वडा सचिवहरु सहभागि रहेका थिए ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले परेका उजुरीहरु चाँडो सम्पादन गर्नुपर्ने बताए । चाडो उजुरी सम्पादन नहुदा अन्यौलता सिर्जना गर्दछ नगरप्रमुख वडले भने, ‘त्यसैले उजुरीको प्रकृती हेरेर सम्पान गरिनुपर्छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले कानुनी अज्ञानताका कारण पनि कतिपय कुराहरु पछि समस्या हुने गरेको बताईन । उनले भनिन्, मुख्य कुरो नियत कस्तो राखेर काम गरेको छ भन्ने हो । अख्तीयार संग हाम्रा थुप्रै प्रश्न रहेका छन् उप–प्रमुख भट्टले भनिन्, कतै पदमा रहेका ब्यक्तिहरुलाई दुःख दिन अख्तीयार सक्रिय भएको त होईन । अख्तीयार डरको बिषय भैसको उप–प्रमुख भट्टले बताईन । बेनामे उजुरीका करण पनि निर्दोश ब्यक्तिहरुले दुःख पाएका छन् उप–प्रमुख भट्टले भनिन्, त्यस बिषयमा पनि सोच्न जरुरी छ ।
तथ्याङ्कमा हेर्दा स्थानीयतहका उजुरी अख्तीयारमा बढी रहेको बताउदै धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले भने, यसमा उजुरी बढी हुन वा भष्टाचार बढी भएको हो त्यसमा बिश्लेषण गर्नुपर्छ । स्थानीयतहका बिरुद्ध खाल्टो प¥यो, मेरो घर अगाडीको सडक बनेन, मेरो काम भएन भनेर पनि बेनामे उजुरी पर्नेगरेको प्रमुख प्रशासकिय अधिकृत पन्तले बताए । उनले भने, समग्रमा अख्तीयारको उदेश्य विधीको शासन प्रवद्र्धन गर्ने हो ।
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख खगेन्द्र प्रसाद रिजालले अख्तीयारले प्रवद्र्धनात्मक काम अन्तरगत अन्तरक्रिया कार्यक्रम गर्दे आएको बताए । उनले भने, अख्तीयार संग कोरोना जस्तो डराउनु पर्दैन । कतिपय नीतिगत कुराले पनि समस्या छ अख्तीयार प्रमुख रिजालले भने, ती सुधार हुदैजान्छन् । अख्तीयार कार्यालयमा काम गरिरहेकै कारण दातागिरी नगरिने बताए । कार्यक्रममा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका उप–सचिव लक्ष्मीदत्त कलौनीले प्रस्तुतीकरण गरेका थिए ।