धनगढी, १३ पुस/नेपाली काँग्रेस कैलालीले पाँचवटै निर्वाचन क्षेत्रमा सोमबार छुट्टाछुट्टै प्रदर्शनको तयारी गरेको छ । देशभर सबै प्रतिनिधी सभा निर्वाचन क्षेत्रको बिरोध प्रर्दशन अन्तरगत कैलालीको सबै निर्वाचन क्षेत्रमा बिरोद प्रर्शनको तयारी गरेको छ ।
कैलाली निर्वाचन क्षेत्रमा सबैले आफ्नै खालको रणनीति बनाएका छन् सोही बमोजिम कार्यक्रम हुने नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी दिए ।
कैलालीको निर्वाचन क्षेत्र ५का सभापति हरिष खड्काका अनुसार धनगढीको बिरोध सभा १२ बजे क्याम्पस चौक देखी मोटरसाईकल ¥याली सुरु भई धनगढीको ट्रफिक चौराहमा बिरोध सभामा जानकारी दिएका छन् । सभामा प्रमुख बक्ता जिल्ला सभापति नरनारायण शाह मनु, बिशिष्ठ बक्ता धनगढी नगर कार्यसमितिका सभापति नृपबहादुर वड रहने समेत सभापति खड्काले जानकारी दिए ।