धनगढी १२ पुस/ टीकापुर घटनाबारे उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अबको सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् ।
‘शेरवहादुर दाई तपाई नेपाली काँग्रेसको मात्रै नेता होईन् । नेपाली जनताको नेता हो । अबको सरकारको नेतृत्व गर्ने तपाईको जिम्मा ।’ फेसवुकमा आफ्नो बिचार राखेको भिडियो फोष्ट गर्दै थारुले भनेका छन् । उनले लोकतन्त्रका लागि देउवाले ठूलो संघर्ष गरेको बताउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘कु’ विरुद्ध एकजुट भएर लड्न समेत आग्रह गरे ।
सोही क्रममा उनले देशव्यापी अभियान थालेको समेत घोषणा गरेका छन् । उनले आइतबार दाङबाट सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उच्च अदालतको फैसला सिहंदरबार र बालुटारबाट लेखीएको बताएका छन् । उनले उच्च अदालतको फैसलाले कतिपय थारु विरोधी तत्वहरु खुशी भएको बताए ।
उनले कसैले कसैलाई फसाएर समृद्धी नहुने बताउँदै थारुलाई फसाउने चलखेलविरुद्ध पनि लड्ने बताए । ‘थारु क्रान्तंकारी होईन् । थरुहट मोर्चा पनि शान्तीका लागि वकालत गर्ने मोर्चा हो । शान्ती, सद्धभाव, न्याय र अधिकारका लागि हाम्रो बुलुन्द आवाज तपाईको पार्टीमा पनि सुनियोस ।’
उनले लोकतन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताउँदै मधेसवादी दलहरुलाई पनि पनि प्रधानमन्त्रीविरुद्ध एकजुट हुन आग्रह गरे ।
थारु जिल्ला अदालत कैलालीको आदेशपछि तीन बर्ष कैद भुक्तान गरेर रिहा भएका थिए भने उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । अहिले उनी फरार छन् ।