धनगढी, ५ पुस/ नेपाल बिद्यार्थी संघ कैलालीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा धनगढीको पार्क चौकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।
नेविसंघ कैलालीका अध्यक्ष भेष बमको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा प्रधानमन्त्री ओली र राष्ट्रिपती भण्डारी बिरुद्ध जारा बाजी गरेका थिए । विद्यार्थीहरुको चरणबद्ध आन्दोलन जारी रहने नेवि संघका नेता मनिष कुँवरले जानकारी दिए ।