कालिकोट २ पुस: कालिकोट जिल्लाको पलाँता गाउँ पालिका ७ पारौटीका ७० घरधुरी लाई सुधारिएको चुलो बितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम को आग्रहमा हुरण्डेक नेपालको क्याप्र्स कर्णाली परियोजनाले पलाँता गाउँपालिका वडा नं. ७ पारौटिमा सुधारिएको चुलो बितरण गरिएको हो ।
वडा नम्बर ७ पारौटीका अति बिपन्न ७० घरधुरीलाई अध्यक्ष बमको आग्रहमा सुधारिएको चुलो बितरण गरेको क्याप्स कर्णाली परियोजनाका सब–इन्जिनियर पसल बमले जानकारी दिए ।
उनका अनुसार पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाको आग्रहमा यो सस्थाको छनोटमा यो गाउँ पालिका परेको बताए ।
” जनता भेटघाट तथा अनुगमनमा जाँदै गर्दा बिपन्न परिवारले खाना पकाउदा धुवाका कारण हुने असुबिधाले यहाँको नागरिकले दुख पाएको हुनाले आफुले यो पहल गरेको हु, ´अध्यक्ष बमले भने,´ मेरो आग्रहलाई पनि सम्बन्धित सस्थाले सुनिदिएको हुनाले खुसी लागेको छ ,।`
दाउराबाट खाना पकाउने भएकोले अव्यवस्थित चुलोबाट निस्कने धुवाँ नियन्त्रणले आफुलाइ धेरै सुविधाजनक बनाएको स्थानीयले बताएका छन् ।
पुरानो चुलोमा दैनिक खाना पकाउदा घरभित्र भरी धुवा फैलिन्थ्यो, धेरै रोगी हुन्थ्यो,अहिले को चुलोले धुवाँ मुक्त भैयो गौहुकला बमले भनिन, अब सुधारिएको चुलो दिने सस्था र पहल गर्ने अध्यक्ष ज्युलाई हाम्रो धन्यवाद छ ।