काठमाण्डौ १७ मंसिर: नेकपा सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको सचिवालय बैठक केही बेर मात्र चलेर आगामी मंसिर २० गते बस्नेगरी स्थगित भएको जानकारी दिए। उनका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको हो।
सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ। मङ्गलबारको बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की परेको थियो। प्रचण्डले विभिन्न आरोप लगाएपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले प्रचण्डलाई ‘हेग’ पुर्याउने चेतावनीसमेत दिएका थिए।