धनगढी, २१ साउन – कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ८ का ३९ बर्षीय पैदल यात्री धिमु चौधरीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण आउँदै गरेको से ४ प ७६११ मोटरसाईकलले ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए । घाईते भएका उनलाई निसर्ग अस्पताल धनगढीमा पु¥याएको भए पनि यहाँ उपचार सम्भब नभएपछि अस्पतालले कोहलपुर रेफर गरेकोमा उनको बाटो मा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।
मोटरसाईकल र चालक ६५ बर्षीय जयवहादुर चियाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।