धनगढी, ८ कातिक
जिल्ला कारागारमा रहेका कैदीबन्दी र दृष्टि फाउन्डेशनमा रहेका असहायलाई बडादशैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ ।
धनगढी उपमहानगरपालिकाले कैदीबन्दी र असहायलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसी उपलब्ध गराएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।
दशैं सबैले मनाउन पाउनुपर्छ नगरप्रमुख वडले भने, त्यसैले सधै खसीको ब्यबस्था मिलाउने गरेका छौं । नगरप्रमुख वडले गतबर्ष कैदीबन्दी संगै तिहारमा खाना खाएका थिए । गल्ती गर्नेले कैद सजाय भोग्छ नगरप्रमुख वडले भने, तर दशैं मनाउन पाउनु उनिहरुको पनि अधिकार हो ।
दृष्टि फाउन्डेशनकी संचालक कल्पना भट्टले नगरप्रमुख नृपबहादुर वडले हरेक दशैंमा खसीको ब्यबस्था गर्ने गरेको बताईन । उनले भनिन्, समस्या परेमा नगरप्रमुखलाई गुहार्छौ । कैलाली कारागारमा ४ सय हाराहारीमा कैदीबन्दी छन् । दृष्टि फाउन्डेशनमा ३९ जना असहाय छन् ।