धनगढी, १३ साउन । जापानको तोयोका सहरमा सम्पन्न सितोरियो कोफुकान इन्टरनेशनल च्याम्पियनसीप २०१९ मा सुदूरपश्चिमकी वर्षा साउँदले नेपालका लागि कास्य पदक जितेकी छिन् ।
उनले ५५ किलो ग्राममुनिको तौल समूहमा मुलुकका लागि कास्य पदक हात परेकी हुन । सिनियर व्यक्तिगत कातामा उत्कृष्ट प्रदर्शन गरेकी उनी पाँचौं राउण्डमा स्वीडेनका खेलाडीसंग पराजित भएकी थिइन् ।उनी सुदूरपश्चिमबाट काता र ४५ किलो ग्राम कुमिते च्याम्पियन खेलाडी हुन । आठौं बृहत राष्ट्रिय खेलकुदमा वर्षाले कास्य पदक जितेकी थिइन् ।
यसैगरी, अर्का प्रतिस्पर्धी अशोक शाह ६७ किलो ग्राम तौल समूहमा पराजित भएका छन् । उनलाई दोस्रो राउण्डमा डेनमार्कका खेलाडीले पराजित गरेका हुन । दुवै जना खेलाडीले आगामी अगस्ट ३ देखि हिमेजीमा हुने केयुकाई अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
