धनगढी, २० असोज
होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिनमा रहेका ब्यक्तिहरुका लागि खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
संस्थाले धनगढी उपमहानगरपालिका त्रिनगरभन्सार नाकामा रहेको होल्डिङ सेन्टरमा ८ सय जनालाई, उपमहानगरपालिकाको अवडहल क्वारेन्टिनका रहेका ७० जनालाई र जडिबुटी प्रशोधन केन्द्रमा रहेका ५६ पुग्नेगरी खाद्यान्न, सर्जिकल मास्क, हाईजिन किट, मास्क, सेनीटाईजर, तुथपेष्ट, साबुन, स्याम्फू, सेनीटरी प्याड लगायतका चिजहरु उपलब्ध गराएको हो ।

यी सामाग्रीहरु संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन । नगरप्रमुख वडले संस्थाका प्रदेश संयोजक महेन्द्र बम लगायत संस्थालाई धन्यवाद दिए ।
