धनगढी, १७ असोज
कैलाली जिल्लाको धनगढी उप–महानगरपालिकामा रहेका लक डाउनबाट प्रभावित भइ घर भित्रै दिसा पिसाब गर्न बाध्य भएका ५० जना अति अशक्त र पुर्ण अशक्त अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री व्हिलचियर,ट्राइसाईकल वितरण गरिएको छ ।
अपांगता भएका ब्यक्तिहरुको अवस्था अध्ययन तथा सहायक सामग्री नापजाँच कार्यक्रम सम्पन्न गरि करिब १५ लाख बराबरको सहायक सामाग्री वितरण गरिएको अपांगता क्षेत्रमा कार्यरत अधिकारकर्मी नन्दराज भट्टले जानकारी दिए ।
सहायक सामग्री नापजाँच समाबेशी पारा स्पोर्ट्स क्लबको आयोजनामा जुरि नेपाल र दलित कल्याण समाज संघ कैलालीको सहयोगमा सम्पन्न गरिएको थियोे ।

सर्वाङ्गिण अपांगता बिकास समाज नेपालको आयोजनामा भएको कार्यक्रममा सामग्री सहयोग राष्ट्रिय अपांगता पुनःस्थापन समाज, धनगढी उप–महानगरपालिकाको आर्थिक सहयोगमा धनगढी उप महानगर भित्रका २४ जनालाई ट्राइसाईकल २६ जनालाई व्हिल्चियर वाकर , धनगढी उप–महानगरपालिकका नगर प्रमुख निर्प बहादुर वडको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो ।
आगामी दिनमा पनि अपांगता शसक्तिकरन र क्षमता बिकासको लागी सधै सहयोग गर्न प्रतिबद्ध रहेको नगर प्रमुखले बताए । उक्त कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास अधिकृत टंक बिष्ट,राष्ट्रिय अपांगता पुनःस्थापन समाजका प्रमुख सुगम भट्टराई , गोकुल घिमिरे लगायत अपांगता क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।