धनगढी, १७ असोज
धनगढी उप–महानगरपालिका वडा नं १६ मा पर्ने घुराहा नदी माथी निर्माण गरिएको झोलुङ्गेपुलको शनिवार उद्घाटन गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले झोलुङ्गेपुलको उद्घाटन गरेका हुन । यो पुल निर्माण भएसंगै धनगढीको होमस्टे गाउँ भादा यहाँको पर्यटकिय ताल जुगनीया संग जोडिएको छ । ‘घुराहा नदीमाथी पुल नहुदा बर्षातमा कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिका संगको सम्पर्क टुट्ने गरेको थियो’नगरप्रमुख वडले भने, ‘यो पुलले अव सहज बनाउने छ ।’
पुल निर्माणमा संगै धनगढी उप–महानगरपालिका र गौरीगंगा नगरपालिकाको सिमानामा पर्ने जुगनीया पुलमा आन्तरिक पर्यटक भित्राउन सकिने नगरप्रमुख वडले बताए । ‘धनगढी उप–महानगरपालिकाले तालको नजिक पिकनिक स्पोट निर्माण गर्ने तयारीमा रहेको छ’ नगरप्रमुख वडले भने, यो क्षेत्र आन्तरिक पर्यटकका लागि राम्रो गन्तब्य बनाउन सकिन्छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले निर्धारित समयमा पुल निर्माण गर्ने उपभोक्ता समितिलाई धन्यवाद दिए । पुल ६० लाखमा निर्माण गरिएको हो । पुलको सजावटमा लागि थप केही खर्च भएको बताईएको छ ।