धनगढी, ९ साउन- एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको छात्र तर्फ ऐश्वर्य वहुमुखी क्याम्पस र छात्रा तर्फ नेपाल वेष्टर्न एकेडेमी च्याम्पीयन भएका छन् ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको प्रतियोगिताको छात्र तर्फ ऐश्वर्यले कैलाली वहुमुखी क्याम्पसलाई ९–५ को गोल अन्तरले हरायो । छात्रा तर्फ नेपाल वेष्टर्न एकेडेमीले कैलाली वहुमुखी क्याम्पस बीबीएम बीलाई १–० ले हरायो । छात्रा र छात्र तर्फ विजेता बनेको ऐश्वर्य र नेपाल वेष्र्टन नगद १० हजार सहित ट्रफी हात पारे ।
त्यसैगरी दुवै विजेता टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा शतप्रतिशत छुट पाउने छन् । उपविजेत बनेका कैलाली वहुमुखी क्याम्पस र कैलाली वहुमुखी क्याम्पस बीबीएम बीले नगद ५ हजार सहित ट्रफी हात पारे । दुवै टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेछन् ।
विजेता खेलाडीलाई एक समारोहका वीच पुरस्कार वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका मेयर नृप ओडले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा वोल्दै उहाँले धनगढीलाई खेलकुदको शहरको रुपमा विकास लगर्नका लागि आफु लागिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ खेलकुदलाई वढी प्राथमिकता दिएर अगाडी वढ्ने योजनामा रहेको समेत जानकारी दिनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ ।