धनगढी, १४ असोज- बुधवार धनगढी उप–महानगरपालिका न्यायीक समितिमा दर्ता भएको मुद्धा माथी छलफल गर्ने समय ठिक २ बजेर ३० मिनेटमा थियो । यो समय अगाडी ईजलास कक्षमा न्यायीक समितिका संयोजक र सदस्यहरुको ठाउँको ब्यबस्थापन , त्यसैगरी बादी प्रतिवादी र कानुनी अधिकृतको बस्ने ठाउँको ब्यबस्थापन पनि गरिसकिएको थियो ।
घडीमा २ बजेर २५ मिनेट जाँदा बादी प्रतिवादी, कानुनी अधिकृत र न्यायीक समितिका कर्मचारी आफ्नो ठाउँमा पुगिसकेका थिए । न्यायीक समितिका सदस्य र रत्ना बिष्ट र अर्जुन चौधरी पनि पनि ईजलास कक्षमा पुगे । त्यसपछि न्यायीक समितिका संयोजक नगर उप–प्रमुख सुशीला मिश्र भट्ट ईजलास कक्षमा प्रवेश गरिन । कानुन अधिकृतले मुद्धाको निवेदन पढेर सुनाए । न्यायीक समितिका संयोजक भट्टले बादी प्रतिवादीलाई पालैपालो आफ्नो भनाई राख्न लगाईन ।
न्याय सम्पादक गर्ने ठाउँ भएर होला ईजलास भित्रको वातावरण शान्त थियो । न्यायीक समितिले ब्यबस्थीत र न्याय सम्पादनदाई बिश्वसनीय बनाएका छौं‘ न्यायीक समितिका संयोजक भट्टले भनिन्, ईजलासको ब्यबस्थापन पनि सोही अनुसार गरेका छौं ।’ स्थानीय सरकार संचालन ऐनले गरेको ब्यबस्था अनुसार नै काम सम्पादन गरिरहेका छौं , संयोजक भट्टले भनिन्, ‘न्यायालय सबैले विश्वास गर्न सक्ने हुनुपर्छ ।’