धनगढी, होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिनमा रहेका ब्यक्तिहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
संस्थाले धनगढी उपमहानगरपालिका वडा नं १५ कनरी जडिबुटी प्रशोधन केन्द्रमा स्थापना गरेको आईसोलेशनका लागि सर्जिकल मास्क, हाईजिन किट, मास्क, सेनीटाईजर, तुथपेष्ट, साबुन, स्याम्फू, सेनीटरी प्याड लगायतका चिजहरु उपलब्ध गराएको हो । संस्थाले त्रिनगरभन्सार नाकामा स्थापना गरिएको होल्डिङ सेन्टर, कवडहलमा स्थापना गरिएको क्वारेन्टिनमा रहेकाहरुका लागि पनि स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको छ ।
यी सामाग्रीहरु संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष फुलराम चौधरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।