धनगढी, १० असोज
त्रिनगरनाका भएर नेपाल भित्रीनेहरुको सेवाका लागि धनगढी उप–महानगरपालिकाले सिमानामै निशुल्क भोजन र स्वच्छता सामाग्रीको ब्यबस्था मिलाएको छ ।
लामो यात्राबाट थाकेका नेपालीहरुको भोक मेटाउन यहाँ भोजनको ब्यबस्था गरिएको छ । गत चैत महिना देखि नै भोजन र पानीको ब्यबस्था गरिदै आएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन् । सुरु देखि नै बिभिन्न सामाजिक संघसंस्था, मनकारी ब्यक्तिहरु संग उप–महानगरपालिकाले समन्वय गरेर भोजनको ब्यबस्था मिलाएको थियो , उप–प्रमुख भट्टले भनिन्, ‘अहिले पनि खाना तथा पानी खुवाउने काम जारी नै राखेका छौं । निशुल्क भोजनको कार्यक्रम यहाँका संघसंस्थाहरु र मनकारीहरुको सहयोग समन्वयबाट सम्भव भएको उप–प्रमुख भट्टले बताईन ।

त्यसैगरी त्रिनगरनाका भएर भित्रीनेहरुलाई होप ब्रिज संस्थाको सहयोगमा स्वच्छता सामाग्री उपलब्ध गराउने काम भैरहेको उप–प्रमुख भट्टले बताईन् । हाईजिन किटको एउटा झोला नै उपलब्ध गराउने गरेका छौं उप–प्रमुख भट्टले भनिन्, त्यसमा सावुन, तुथपेष्ट,ब्रस, सेनीटाईजर र मास्क लगायतका सामाग्रीहरु हुन्छन् ।
अहिले त्रिनगरभन्सार नाका भएर आउने दैनिक ३ सय दखि ५ सय सम्मले खाना खाने र स्वास्थ्य स्वच्छता सामाग्री लिने गरेको रेकर्ड छ । तीन साता यता सिमामा खाना पकाउने, खुवाउने लगायतको ब्यबस्थापनमा वडा नं ५ मा रहेको आदर्श नव यूवाक्लवले सहयोग गरिरहेको छ । श्रोत साधन सबै धनगढी उप–महानगरपालिकाले ब्यबस्थापन गरिदिएको छ क्लवका अध्यक्ष निराजन खड्काले भने नाकाबाट भित्रिनेहरुलाई पकाउने खाना खुवाउने काम हाम्रो क्लवले गरेको छ । त्रिनगरभन्सार नाकावारी मोहना नदिको पुल छेउमा एउटा समिको छाहारी छ । त्यसै छाहारी छेउमा खाना खुवाउने ब्यबस्था गरिएको छ ।

प्रतिनिधीहरु खाना, पानीको ब्यबस्थापनमा खटिएका छन् क्लवका अध्यक्ष खड्काले भने, यो मानवीय कार्य हो त्यसैले पनि साथीहरु रातदिन सिमानामा खटिएका छन् । उनले भने, यसमा धनगढी उप–महानगरपालिकाको राम्रो समन्वय रहेको छ । धनगढी उप–महानगरपालिकाले त्रिनगरभन्सार नाकामा स्थापना गरेको हेल्थडेस्कको रेकर्ड अनुसार दैनिक ४÷५ सयको हाराहारीमा दैनिक नेपालीहरु भित्रीरहेका छन् ।
