धनगढी, ५ असोज
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले मन शान्तिबाट नै विश्व शान्ति हुने बताएकी छन् ।
सोमबार ३९ औ अन्तराष्ट्रिय विश्व शान्ति दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । ‘घृणा, द्धयस, हिंसा, दया , मायाँ आदी जस्ता भावनात्मक कुराहरु मनबाट उत्पन्न हुने भएकाले मन शान्तिलाई सकारात्मक बनाउनुपर्छ उप–प्रमुख भट्टले भनिन्, ‘मनमा सकारात्मक भएको ब्यक्तिले गर्ने कर्म पनि सकारात्मक हुन्छ ।’

उप–प्रमुख भट्टले आफ्ना लागि सबै शान्तिको चाहना राख्ने भएपनि विश्वमा भैरहेका शान्ति बिरोधी कार्यहरु अधिकांस मानव सिर्जित भएको बताईन । शान्ति अभियान्ता गणेश मल्लले ब्यक्ति, परिवार हुदै विश्व शान्ति अहिलेको आवश्यकता भएको बताए । धनगढीमा क्रियाशिल बिभिन्न संस्थाहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।