धनगढी, ३ असोज
त्रिनगरभन्सार नाका भएर भित्रिने नेपालीहरुका लागि कैलालीको सिमामै निशुल्क भोजनको ब्यबस्था मिलाईएको छ ।
धनगढी उप–महानगरपालिकाले आयोजना गरेको निःशुल्क भोजन कार्यक्रमको ब्यबस्थापन आदर्श नव यूवा क्लवले गरेको छ । त्यसमा होप ब्रिज संस्था लगायत धनगढीमा क्रियाशिल संघसंस्था, सहायोगी मनहरु, दाताहरुको रहेको छ ।

धनगढी उपमहानगरपालिकाका प्रवत्ता सन्तोष भुडभरीका अनुसार त्रिनगरभन्सार नाका भएर आउने नेपालीहरुलाई सहयोग गर्नका लागि सिमामै हेल्थ डेस्क , होल्डिङ्घ सेन्टर स्थापना गरिएको छ । त्यसैगरी सिमामा नै आदर्श नव यूवा क्लवका साथीहरुले खाना पकाउने, खुवाउने काम गरिरहेका छन् । प्रवत्ता मुडभरीले सहयोगि सबैप्रति उपमहानगरपालिका आभारी रहेको बताए ।

आदर्श नव यूवा क्लवका अध्यक्ष निराजन खड्काले नेपालीहरुले दुःख नपाउन भन्नका लागि आफुहरु सिमामा खाना, पानीको ब्यबस्थापनमा खटिएको बताए । उनले भने, हामीले धनगढी उपमहानगरपालिकाले कवडहलमा संचालन गरेको क्वारेन्टिनमा पनि ब्यबस्थापनमा सहयोग गरिरहेका छौं ।
होप ब्रिज संस्थाले पनि क्वारेन्टिन, होल्डिङ्घ सेन्टरमा निरन्तर खद्यान्न स्वास्थ्य सामाग्री सहयोग गर्दै आईरहेको संस्थाका सुदूरपश्चिम संयोजक महेन्द्र बमले बताए । उनले भने, यो मानविय सहयोग निरन्तर जारी रहन्छ ।