• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पूर्वमाओवादी नेता लोकेन्द्र विष्ट मगरलाई तक्मा दिन ओलीको निर्देशन

काठमाडौं, २ असोज/ सशस्त्र विद्रोहमा हतियार बोकेर हिडेका एकजना पूर्वमाओवादीका नेता लोकेन्द्र विष्ट मगरलाई नेपाल सरकारले तक्मा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ गते बिहीबारको मन्त्रिपरिषद्को बैठकमा विष्टको नाम विभुषण, पद्वी अर्थात तक्माको लिष्टमा नपरेपछि तत्काल उहाँको नाम थप गर्न बैठकमै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको थियो ।

विभूषण प्रदान गर्ने व्यक्तिहरुको नाम छनौटसम्बन्धी प्रस्ताव हेर्दै प्रधानमन्त्री ओलीले पूर्वमाओवादी नेता विष्टको नाम छुटाउनु नहुने धारणा राख्नुभएको थियो।

मन्त्रिपरिषद्ले झण्डै २ सयको संख्याका व्यक्तिहरुलाई तक्मा दिने गरी निर्णय गरेको छ।

कृषिमा उल्लेखनीय योगदान गरेको आधारमा ओलीको सिफारिसमा विष्टले राज्यबाट तक्मा सम्मान पाउने भएका हुन्। तर, विष्टलाई दिइने तक्मा कुन श्रेणीको हो भन्ने चाहिँ खुलेको छैन। विष्टका फेसबुक स्ट्याटसहरु हेर्ने हो भने अधिकांश राजनीतिक स्ट्याटसमा ओलीलाई व्यंग्य गरिएका बढी नै शेयर गरिएका भेटिन्छन्।

तत्कालीन नेकपा माओवादीका पोलिटव्युरो सदस्य हुँदै पार्टीको नेतृत्वदायी स्थानसम्म पुगेका र देशको पर्यटनमन्त्री समेत भइसकेका विष्ट यतिबेला पार्टी राजनीति छाडेर दुर्लभ र औषधिजन्य ड्रागन फ्रुटसँगै, दुर्लभ तर स्वास्थ्यका लागि अति आवश्यक मानिएको कालो धानको खेती गर्दै आइरहेका छन्।

उनले नेकपा एमाओवादी विभाजित भई टुक्रा टुक्रामा पुगेपनि नेतृत्वले नचेतेको भन्दै इमान्दार कार्यकर्ताहरुलाई छिछि र दुरदुर गर्ने, नक्कली सुकिला मुुकिलाहरुलाई काखी च्याप्ने गरेको आरोप तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगाउने पार्टीका पदहरु त्याग्ने स्वघोषणा गरेका थिए।

त्यसयता उनी राजनीतिप्रति वितृष्णा जनाउंछन् र उपयोगी फलफूल, तरकारी र अन्य बाली लगाएर अहोरात्र कृषि कर्ममा दत्तचित्त भएर कृयाशील हुन्छन्। सेप्टेम्बर आठ तारिकका दिन त्यस्तै एउटा फेसबुक स्ट्याटस लेख्दै विष्टले ‘टाउकेहरु लाउके भएर राजनीति गरी खानुभन्दा, आफ्नै टाउकोले टेकेर नाकले जोतेर स्वाभिमान र हिम्मतले खाइन्छ र बाचिन्छ कमरेड’ भन्दै राजनीतिप्रति वितृष्णपूर्ण तर आफ्नो श्रमप्रति गर्व गर्ने कुरा लेखेका थिए।

शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.