धनगढी, १ असोज
कोरोना भाईरस कोभिड –१९ को जोखिम कम गर्न धनगढीमा स्वच्छताका लागि ब्यहार परिवर्तन परियोजना सुरु भएको छ ।
परियोजना अन्तरगत बिहीबार वडा नं १६ भादामा छलफल कार्यक्रम सम्पन्न भएको छ । फाया नेपाल र अक्सफामको सहकार्य तथा धनगढी उपमहानगरपालिका संगको समन्वयमा स्वच्छता र व्यवहार परिवर्तन सम्वन्धी कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमले समुदायमा स्वच्छता सम्वन्धी जनचेतना फैलाउने आशा राखेका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने,‘ कोरोनाको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सजकता, सरसफाईका गतिनिधीहरु संचालन गरिने छन् । कार्यक्रमका लागि धनगढी उप–महानगरपालिकालाई छनौट गरेकोमा फाया नेपाल र अक्सफामलाई धन्यवाद दिए ।
फाया नेपालका कार्यक्रम संयोजक सचिदानन्द जोशीले परियोजनाको उदेश्य समुदायमा स्वच्छता व्यवहारका कारण देखापर्ने कोभिड–१९ लगायतका जोखिमहरु कम गर्नु रहेको बताए ।