धनगढी २७, भाद्र– धनगढी स्थित दिनेश सञ्चार गृह भित्रै साङ्घातिक आक्रमण गर्ने र कुटपिट गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी गर्दा गरीएको छ। शुक्रवार सञ्चार गृह भित्रै प्रवेश गरेर सह सम्पादक जनक विष्ट माथि कुटपिट भएको थियो।
व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि २०–२५ जनामा आएको समूहले हातपात गरेको हो। कार्यालय भित्रै आएर आक्रमण गर्ने २० जनाको नाममा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता गरीएको हो।