धनगढी, ५ साउन- कैलालीका व्यवसायीहरुले सरकारले लागु गरेको कर नीति र भेहिकल एण्ड कन्साईमेण्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस) प्रणाली अव्यवहारिक भएको भन्दै खारेजीको माग गर्दै अत्तरिया उद्योग बाणिज्य संघ कैलालीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
अत्तरिया उद्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष अशोक देवकोटाले बुझाईएको पाँच बूँदे ज्ञापन पत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सम्बन्धमा सरकारको समेत सहभागिता हुनुपर्ने, उद्योगी व्यवसायीको पूँजी र कार्यरत कर्मचारीको आधारमा ठूला, मझौला र साना उद्योगको बर्गिकरण गरी ठूला उद्योगहरुबाट सरकारी नीतिहरु लागु गर्नुपर्ने, दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने, भीसीटीएस खारेज गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।
कुनै पनि नीति र प्रणाली लागु गर्नुअघि त्यसका बारेमा उद्योगी व्यवसायीहरुलाई जानकारी र प्रशिक्षण दिनुपर्ने माग गरेको बिज्ञप्तीमा उल्लेख गरेको महासचिव यज्ञराज जोशीले जानकारी दिए ।
व्यवसायीहरुलाई मर्कामा पर्ने गरी सरकारले लागु गरेका नीतिहरु खारेजीका लागि पहल गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरासंग आग्रह गरे । यद्दपि ती नीतिका विषयमा व्यवसायीहरुका गुनासो, समस्या र मागका बारेमा संघीय सरकारले जानकारी दिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।