• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महानायक विवादबारे दीपाश्रीले माफी माग्दै भनिन् ‘अबदेखि यस्तो गल्ती दोहोर्‍याउँदिनँ’

काठमाण्डौ ७ भाद्र- अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग माफी मागेकी छिन्। ‘महानायक’ विवादपछि सामाजिक सञ्जालबाट टाढा रहेकी उनले फेसबूकमा भिडिओ राख्दै राजेश हमालबारे आफ्ना टिप्पणीको लागि माफी मागेकी हुन्।

एक टेलिभिजन अन्तर्वार्तामा राजेश हमालको महानायक उपाधिबारे प्रश्न गरेपछि चौतर्फी आलोचनामा परेकी दीपाश्रीले भिडिओमा हात जोड्दै भनेकी छिन्, ‘मेरो अभिव्यक्तिले तपाईंहरु सबैको मन दुखेको छ। कृपया, आफ्नै दिदीबहिनी सम्झिएर माफी दिनुहोला।’

दीपाले केही पुराना र केही नयाँ कुरा लिएर आएको भन्दै भिडिओमा आफू आलोचित बनेको घटनाबारे बढी समय खर्चेकी छिन्। उनले आफ्नो ३० वर्ष लामो कलाकारिता यात्राको आधा समय पीडादायी भएको बताएकी छिन्। २०६० सालमा हास्य टेलिशृंखला ‘तीतो सत्य’ आएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको भनाइ छ।

उनले सिरियल र चलचित्र मार्फत दर्शकको धेरै माया पाए पनि व्यक्तित्व विकासमा भने आफ्नो धेरै कमजोरी रहेको महसुस गरेकी उनले स्विकारेकी छिन्। उनले भनेकी छिन् ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने विषयमा मेरो कमजोरी रहेछ। यो कुराले मलाई पनि शिक्षा दिएको छ।’

अन्तर्वार्ता दिनुअघि गर्नुपर्ने तयारी नपुग्दा गल्ती हुन गएको र अन्तर्वार्ता दिने क्रममा आफूले ३ गल्ती गरेको बताएकी छिन्। ‘पहिलो गल्ती त म अन्तर्वार्तामा जानु नै थियो। दोस्रो गल्ती मलाई यस्ता-यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ। र तेस्रो गल्ती, म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ’, उनले भनेकी छिन्।

भिडिओमा दीपाले महानायक विवाद अगाडि पनि आफूलाई गाली आइरहेकोले सफलतासँगै गाली पनि भाग्यमा जोडिएर आएको बताएकी छिन्। उनले चलचित्रको ट्रेलर, गीत रिलिज हुँदा गाली आउने गरेको र धेरै कुरा सहेर अगाडि बढेको भनेकी छिन्। महानायक विवादमा भने साथी दीपकराज गिरीलाई र टिमलाई नै अनावश्यक तानिएको उनले बताइन्। उनले भनिन्, ‘मेरो साथी दीपकराज गिरीलाई पनि महानायक भनेर ट्रोल बनाइयो। जबकि, उनले मलाई तिमीले राजेश हमालको बारेमा गलत बोल्यौ भनेका थिए।’

दीपाले सबैको मायाले आफू फेरि उठ्न सकेको पनि बताएकी छिन्। उनले जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्, ‘अबदेखि यस्तो गल्ती दोहोर्‍याउने छैन। आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु। राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कनेछु।’

आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.