- किशोर तामाङ
बेलौरी,३१ असार –
कञ्चनपुरको दक्षिणी भेग बेलौरी स्थित रहेको बिद्युत प्रधिकरण शाखाले अति बिपन्न वर्ग र साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क बिधुत मिटर एक अनौपचारिक कार्यक्रमका बिच बितरण गरेको छ ।
बेलौरी बिद्युत प्रधिकरण शाखाका प्रमुख सुनिलकुमार शाहको अध्यक्षतामा अनौपचारिक कार्यक्रमको आयोजना गर्दै सोमबारका दिन बिधुत प्रधिकरण शाखा कार्यालय बेलौरीबाट निशुल्क बिधुत मिटर बितरण गरिएको हो ।
बेलौरीका प्रमुख सुनिल शाहको अध्यक्षतमा बितरण गरेको निशुल्क मिटर बेल्डाडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका ८० जना ग्राहकलाई बितरण गरिएको थियो ।
अति बिपन्न वर्ग र साँस्कृतिक महत्वका सम्पदाहरुबाट ८२ जनाको निवेदन परेकोमा ८० जनाको मात्रै आवश्यक सबै कागजातहरु पुगेका थिए भने अन्य दुई जनाको निवेदनमा आवश्यक सबै कागजात नपुगेका कारण उनीहरुको फाईल रिजेक्ट गरिएको प्रधिकरण शाखा प्रमुख शाहले बताए ।
बिधुत कार्यालयबाट वर्षाै देखि अन्धकारमा जीवन बिताउदै आएका आफुहरुले बिधुत उपभोगका लागि निशुल्क मिटर प्राप्त गरेको प्रती बिधुत कार्यालय र बिधुत प्रमुखलाई सम्पुर्ण ग्राहकहरुले आफ्ना लागि भगवान सरह भएको भन्दै हृदय देखि नै खुशी धन्यवाद व्यक्त गरेका थिए ।