• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानमन्त्रीको फोन वडा अध्यक्षले उठाएनन्

चितवन, २४ साउन/ चितवनको माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरी सुवेदी स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान ११ बजे भरतपुरमा आएर चितवन मेडिकल कलेजमा उपचारका लागि लाइनमा बसिरहेका थिए । सुवेदीलाई काठमाण्डौंको नम्बरबाट फोन आयो ।

खासै सन्चो नभएकाले फोन उठाएर बोल्ने जाँगर पनि उनलाई थिएन । पहिलो फोन ‘मिस’ भयो । फेरि सोही नम्वरबाट फोन आयो । उनी सिटी स्क्यान गर्ने लाइनको मुखमै पुगेका थिए । मानिसहरुको भिड थियो । फोन उठाए ।

‘नमस्कार सन्चै हुनुहुन्छ, तपाई माडी नगरपालिकाको प्रवक्ता वडाध्यक्ष शिवहरी सुवेदी’ भनेर मसिनो स्वर सुने ।

वडाध्यक्ष सुवेदीले भने, को बोल्नु भो, मैले त चिनिनँ ।

उताबाट जवाफ आयो, ‘म प्रधानमन्त्री केपी शर्मा ओली ।’

हत्तपत्त सम्हालिए सुवेदी ।

‘प्रधानमन्त्री ज्यू नमस्कार । मत बिरामी भएर अस्पतालको लाइनमा छु ।’ त्यति भन्दैं उनी भिडभाड कम भएकोतिर छेउ लागे ।

प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गरे । माडी अयोध्याका बारेमा सोधे ।

‘प्रधानमन्त्रीले अयोध्याका बारेमा चासो राख्नुभयो, उहाँ त माडीवासीले भन्दा पनि बढी जानकारी राख्नुहुँदोरहेछ, मलाई त अचम्म लाग्यो’ वडाध्यक्ष सुवेदीले भने ।

प्रधानमन्त्रीको भनाइ उध्रृत गर्दै वडाध्यक्ष सुवेदीले भने, ‘अयोध्याका बारेमा मैले त्यसै बोलेको छैन, ठोरी र माडीको क्षेत्रमा नै भगवान रामको जन्मभएको यथेष्ट प्रमाण हामीसँग छन्, बाल्किमी आश्रम पनि छ, भारतमा राम जन्मभूमि अयोध्याका बारेमा विवाद छ ।’

प्रधानमन्त्री ओलीले अयोध्याका बारेमा स्थानीय तहको धारणा के छ, के सोच्नुभएको छ भनेर सोधेको वडाध्यक्ष सुवेदीले बताए ।

प्रधानमन्त्री ओली र वडाध्यक्ष सुवेदीका वीचमा चार मिनेट जति कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले १०र१२ मिनेट नै गफ गर्न खोज्नुभएको थियो, तर म अस्पतालमा थिएँ, उहाँले पछि कुरा गर्ने भनेर स्वास्थ्यलाभको कामना गर्दै फोन राख्नुभयो, वडाध्यक्ष सुवेदीले भने, प्रधानमन्त्रीज्यूले माडीको टोली लिएर उपयुक्त समयमा भेट्न आउन भन्नुभयो ।

प्रधानमन्त्रीले अप्रत्याशितरुपमा फोन गर्दा कस्तो अनुभूति भयो त भन्ने प्रश्नमा सुवेदीले भने, ‘माडीका बारेमा चासो लिएर प्रधानमन्त्री मसहितको केही मान्छेको फोन नम्बर लिएको सूचना पाएका थियौं, तर कसलाई फोन आउँछ भन्ने थियो, मलाई नै गर्नुभयो, खुसी लाग्यो ।’

उनले प्रधानमन्त्रीसँगको भेटमा माडीमा रामजन्मभूमि अयोध्या बनाउन सरकारको तर्फबाट यथाशिघ्र पहल गर्न अनुरोध गर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जबाट फायर लाइन खोलेर बाल्मिकी आश्रम जाने व्यवस्था मिलाउन र माडीका समस्या प्रधानमन्त्रीसँग राख्ने वडाध्यक्ष सुवेदीले बताए ।

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको जनप्रतिनिधिसहितको टोली कोरोना महामारीको समेत वास्ता नगरी शनिबार बिहानै काठमाडौं प्रस्थान गरेको छ । अनलाइन खबरबाट

शनिबार, साउन २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.