धनगढी, १६ साउन- चर्चित गायक तथा मोडल रोसन सिहले अहिले संगित क्षेत्रमा देखिएको बिकृतीलाई व्यङ्गय गर्दै ‘यो कस्तो तरिका’ वोलको गित बजारमा ल्याएका छन् । उक्त गितामा गायक रोशन सिह र धमेन्द्र शाहीले संयुक्त रुपमा आवाज दिएका छन् । अहिले संगितिक क्षेत्रमा देखिएका बिसंगती र बिकृतीलाई लक्षित गरी शब्द तयार गरी गित कम्पोज गरेको गायक रोशन सिहले बताएका छन् ।
‘अहिले तिजका नाममा गितसंगितमा निकै बिकृती छाएका छन्’ गायक सिहले सुदूपत्र अनलाईन संग कुरा गर्दै भने–‘त्यस्ता कलाकार र गितसंगितलाई व्यङ्गय प्रहार गरेको हु ।’ सिहका दर्जनौ गित बजारमा चर्चामा छन् । उनका भुपु माया, सिन्दुर पोते र वरपिपल गित चर्चाको शिर्ष स्थानमा थिए ।
बिपी फिल्मस्ले तयार गरेको म्युजिक भिडियोमा अभिनय स्वयम गायक रोशन सिह र धर्मेन्द्र शाहीले गरेका छन् । गितको एरेन्ज बिशाल निरौला गेरेका हुन् भने रेकर्ड मारुनी डिजिटलमा गरिएको हो ।