एजेन्सी । रणवीर सिंह विश्वका सबै भन्दा चर्चित आइकनहरुमध्येको एक हुन् भन्ने कुरा भारतमा साबित भएको छ । भारतको युवा सुपरस्टारको रुपमा चर्चामा पाएका रणवीर विश्वमा पनि उत्तिकै चर्चामा छन् ।
रणवीर अमेरिकाको प्रख्यात अनलाइन डाटाबेस र खोज इन्जिन गिफिमा पनि जोडिएका छन् । जिफी एनिमेटेड छविहरु बनाउने र जिफ्सको लागि चिनिन्छ । यस च्यानलले पहिले नै रणवीरको प्रोफाइलमा १।१ बिलियन भ्युज पाइसकेको छ । यस्तो गरेर ९६१ मिलियन लाइक्स गर्ने सेलेना गोम्जलाई पछिपादै रणवीरको नाम अगाडी आएको छ ।
रणवीर यस प्लेटफर्ममा तीव्र रुपमा चर्चामा आएका कारण वर्ल्ड आइकन बनेका छन् । रणवीर अब चयनित ग्लोबल पावर आइकनहरुके सूचिमा सहभागि भएका छन् । म्याक कार्टन, मडोना, टेलर स्विफ्ट र एरियाना ग्रान्डे लगायतका व्इक्तिहरुको प्रोफाइल भ्युअर्स १ बिलियन भन्दा धेरै छ । रवाणीरले बढ्दो चर्चाको कारण धेरै सेलिब्रेटिलाई पछाडि पार्दै विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।