एजेन्सी । पछिल्लो समय कोरोना महामारीको संक्रमणमा बलिउड कलाकारको नाम पनि आइरहेका छन् । यसै क्रममा टिभी कलाकार पार्थपछि ‘इश्कबाज’ की अभिनेत्री श्रेनु पारिखलाई कोरोना संक्रमण भएको छ ।
कोरोना पोजेटिभ देखिएको जनाकारी श्रेनुल इन्स्ट्राग्राम मार्फत दिएकी हुन् । उनले पोस्टमा बताए अनुसार अहिले श्रेनु अस्पतालमा छिन् । उनले इन्स्ट्राग्राममा लेखेकी छन् –‘म केही दिनदेखि कोरोना भाइरससँग डराइरहेको थिएँ । तर यसले मलाई छोडेन । मलाई केही दिन अगाडी कोरोना संक्रमण भएको छ ।
अहिले म अस्पतालमा छु । म र मेरो परिवारको लािग प्रथना गर्नु । म उनीहरु सबैलाई धन्यबाद भन्छु जसले कोरोना भाइरसको उपचार गरिरहेका छन् ।