• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पुर्व काठ ब्यवसायी साँसद आलेले गरेको छानवीन मान्य हुदैन : सामुदायिक बनहरु

पुर्व काठ ब्यवसायीले बैज्ञानिक बनमा भएकोले अनियमतिता बारेमा गरेको छानवीन आफुहरुलाई मान्य नहुने भन्दै कैलालीका बिभिन्न सामुदायिक बनहरुले अर्को छानवीन समिति पठाउन माग गरेका छन् ।

उनीहरुले सांसद प्रेम आलेको पृष्ठभूमि काठ ब्यवसायी रहेको र उनले गर्ने छानवीन आफुहरुलाई मान्य नहुने र उनीमाथि कानूनी कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

बैज्ञानिक बन ब्यवस्थापनमा अनियमितता भएको उजुरीका आधारमा अध्ययनका लागि आएको संसदीय टोलीमा रहेका सांसद प्रेम आलेले उपभोक्ताहरुलाई धम्काएको भन्दै कानूनी कारवाहीको माग गर्दै कैलालीका ६८ वटा सामुदायिक बन उपभोक्ता समुहहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उप समितिका सदस्य तथा डोटीबाट निर्वाचित सांसद प्रेम आलेले अध्ययनका क्रममा गरिएको स्थलगत निरीक्षणमा ऐश्वर्य सामुदायिक बन पथरैयाका अध्यक्ष केशब शाही, जनकल्याण सामुदायिक बनका अध्यक्ष जय गिरी लगायतलाई अपशब्द प्रयोग गरी धम्काएको र सामुदादयिक बनका पदाधिकारीहरुको मानर्मदन हुने गरी बोलेकोले उनीमाथि कानून अनुसार कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा आफ्नै पृष्ठभूमि काठ ब्यवसायीको रहेकोले सांसद आले सम्मिलित टोलीले गर्ने छानवीन निष्पक्ष हुन नसक्ने भन्दै अर्को संसदीय छानवीन टोली पठाउन समेत सामुदायिक बनहरुले माग गरेका छन् ।

यसरी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेमा डिभिजन बन कार्यालय पहलमानपुर मातहतका २९ र डिभिजन बन कार्यालय धनगढी मातहतका ३९ सामुदायिक बन रहेका छन् । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।

ज्ञापनत्र पत्रमा उनीहरुले सांसद आलेले संसदीय अनुगमन गर्दा आफ्नो नजिकका पार्टी कार्यकर्ता प्रयोग गरेको, घुष सहित पक्राउ परी निलम्बनमा रहेका सहायक बन अधिकृत सुरेशचन्द्र डिसीलाई बिज्ञका रुपमा प्रयोग गरेको र बाहुबली शैलीमा आफुहरुको अपमान गरेको उल्लेख गरेका छन् ।

बुधबार, असार ३१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.