• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोभिड–१९ : सुदुरपश्चिममा त्रास घट्यो, जोखिम कायमै

सुदुरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिए पनि त्रास भने घटेको छैन । लामो समयको लकडाउनबाट आजित मानिसहरुले नियमित कामका निस्किन थालेका छन् । सरकारी तथा गैर सरकारी कार्यालयले सेवा बढाउदै लगेका छन् भने बैंकिङ क्षेत्र, स्थानीय तह र बिकासे अड्डाहरुमा पनि भिडभाड बढ्न थालेको छ ।

सरकारले अनिबार्य भनेका कारण बजार निस्कदा प्रहरीलाई देखाउन भए पनि अधिकांश स्थानीयलाई मुख छोप्नु झन्झटिलो बनेको छ । आर्थिक अवस्थाले मास्क फेर्न नसक्नेहका भित्तामा सहर जादा लगाउनका लागि भनेर एउटा मास्क झुण्डिएको हुन्छ । अन्य समयमा मास्कको प्रयोग ब्यबहारिक पनि देखिदैन। लकडाउनको सुरुवाती दिनमा दैनिक दर्जनौ पटक हात धुनेहरुले बिस्तारै कम गर्न थालेका छन भने सेनिटाईजरको प्रयोग पनि घट्दै गएको छ ।

कोरोना संक्रमण घटेको भनिए पनि डर भने कायमै रहेको स्थानीय बताउँछन् । ‘अहिले बजारमै समेत आफ्नो सुरक्षाका लागि भन्दा पनि सुरक्षाकर्मीबाट बच्नलाई मास्क लगाएको जस्तो देखिन्छ ।’ धनगढीका स्थानीय प्रकाश पाण्डेय भन्छन् ‘डर हराए पनि त्रास चाहि कायम नै छ ।’ उनका अनुसार मृत्यु दर कम हुनु र जनचेतनाको पनि कमिका कारणले स्थानीयहरुले कोरोनाको जटिलतातिर ध्यान दिन सकेका छैनन् ।
जनप्रतिनिधिहरु पनि स्थानीयमा डर हराउदै गएको बताउछन । ‘डर हराउदै गए जस्तो देखिन्छ। सबैले पचाउदै गए ।’ धनगढी उपमहानगरपालिकाका प्रमुख नृपवहादुर ओड भन्छन् ‘पहिले संक्रमण नहुदा सबैमा डर देखियो तर जब अहिले ध्यान दिनुपर्ने बेला आयो सबैको डर हराउदै गयो ।’ उनका अनुसार अहिलेको बानी ब्यबहारले संक्रमण बढाउने चिन्ता थपेको छ । ‘अझै केहि समय सबैले सजकता अपनाउनु पर्ने देखिन्छ ।’

‘कोरोनाका कारणले मरिदैन भन्ने कुरा बिस्तारै मान्छेले बुझदै गएपछि डर हराउदै गएको हो । तर डर हराउदै गएर साबधानी अपनाईएन र समुदाय स्तरमा रोग फैलियो भने जोखिम ब्यबस्थापनमा कठिन हुन्छ ।’ सेती अस्पतालका डा। निराजन शर्मा पौडेल भन्छन् ‘अझै पनि साबधानी अपनाउनु पर्ने देखिन्छ ।’ उनका अनुसार सहज रुपमा लिनु सकारात्मक हो तर साबधानी अपनाउनु पर्छ । समुदाय स्तरमा पुग्नुबाट रोक्नलाई सजकता अपनाउनै पर्छ ।

प्रयाप्त परीक्षण नगरिएका कारणले संक्रमितको संख्या भने बढेको देखिदैन। स्थानीय तह, प्रदेश र केन्द्र सरकारले फितलो ब्यबस्थापन र परीक्षण नै गर्न नसकिएको कुरा ध्यानमा राख्दै रोग ब्यबस्थापना थप चासो दिनु पर्ने देखिन्छ । त्यसो त लामो समयको लकडाउनले आत्तिएका आम नागरिकलाई थप सुसुचित गर्दै कोरोनाबारेका तथ्य र भ्रम चिर्नुपर्ने देखिएको छ ।

मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.