धनगढी, २९ असार- सुदूरपश्चिम प्रदेशमा रहेका निजि प्राविधिक शिक्षालय महासंघ नेपाल द्वारा धनगढीमा प्राबिधिक शिक्षालयहरुको हक हित संरक्षणका लागि प्राबिधिक शिक्षालय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष किशोर कुमार पाण्डेको अध्यतामा कार्यक्रम धनगढी सोमबार सम्पन्न भएको छ ।
२०५८ सालमा स्थापना भएको महासंघलाई क्रियाशिल बनाई सम्पूर्ण प्राबिधिक धार भएका शिक्षालयको उन्नती प्रगती सँगै शैक्षिक गुणस्तरका निम्ती सुदूरपश्चिम प्रदेशमा रहेका सबै निजी शिक्षालयहरुलाई ब्यावस्थित बनाई एक ढिक्का भएर अगाढी बढाउने उद्धेश्यका साथ भेला भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा सिटिईभिटी सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशक नल राम देबकोटाले शुभकामन व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशभित्रका २० वटा संस्थाका पदाधिकारीको उपस्थिती भएको थियो । निजि प्राविधिक शिक्षालय महासंघ निजि क्षेत्र मा संचालित टिएसएलसी तथा डिप्लोमा तहका लाई शिक्षा दिक्षा दिलाउने संस्थाहरुका संचालक हरुको छाता संगठन हो ।
