नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभरका २५ प्रयोगशालामा ३ हजार ६ सय ४८ नुमना परीक्षणमा गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो।
यो संख्या ४६ दिन यताकै कम हो । यसअघि जेठ १३ को तथ्यांक हेर्दा ९० जनामा संक्रमण पुष्टि भएको थियो।
शनिबार थपिएका संक्रमित सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। देशभरबाट पछिल्लो २४ घण्टामा ४३१ जनाले संक्रमण जितेका छन।
योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ८ हजार ४ सय ४९ पुगेको छ। हालसम्म कोरोनाबाट ३६ जनाको मृत्यु भएको छ।