महेन्द्रनगर २६ असार- आइसोलेसनमा बसेका कारोना संक्रमितमाथि आक्रमण गर्ने दुई जनालाई समेत नगरपालिकाले क्वारेन्टिनमा राखेको छ ।
व्यक्तिगत रिसिविका कारण आइसोलेसनमा बसेका नगरपालिकाको वडा नं ९ का एक जना कारोना संक्रमितलाई पाँच जनाको समूहमा रहेको युवाले आइसोलेसनमै छिरेर आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको नगरपालिकाको कार्यपालिका सदस्य लक्ष्मी शाहले बताइन् । आक्रमणमा संलग्न तीन जना भने फरार रहेका छन । कारोना संक्रमितमाथि आक्रमण गर्ने दुई जनालाई नियन्त्रणमा लिने प्रहरीलाई समेत क्वारेन्टिनमा राखिएको छ ।