धनगढी, २५ असार– अत्तरिया महेन्द्रनगर रोडमा रहेको आईएमई मा चोरी भएको छ । आज बिहान करिब २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संगलग्न ब्यक्तीले आईएमई काउन्टरबाट झण्डै ६ लाख बढि नगद चोरेको प्रहरीले बताएको छ । चोरीमा संगलग्न ब्यक्तीको सिसीटिभी फुटेज भने प्रहरीले पत्ता लगाईसकेको छ ।
फुटेजमा उनी काउन्टरमा सामान खोलिरहेका देखीन्छन । आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडी बाट ढोका तोडेर चोरी भएको बताए । उनले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतीको रिचार्ज चोरी भएको बताए ।
जोशीले भने – सबै कुरा थाहा पाएको ब्यक्ती नै यसमा संगलग्न भएको देखिन्छ, ढोका ताला फोडेर भित्र गएको छ । चोरीमा संगलग्न ब्यक्तीको खोजी कार्य भईरहेको प्रहरी को भनाई छ ।