धनगढी, २५ असार- सुदुरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा विहीवार गरिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
विहीवार गरिएको परिक्षणमा आठ जना महिलामा र आठ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
योसँगै सुदुरपश्चिममा कोरोना संक्रमित संक्रमितको संख्या तीन हजार आठ सय ८७ पुगेको छ ।