धनगढी, २३ असार- सोमबार रातिदेखि परेको वर्षाका कारण धनगढीका अधिकांश स्थान जलमग्न भएका छन्। वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक, मोतिचोक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन्।
पानीको निकाश नहुँदा र खोलानाला अतिक्रमणको चपेटामा परेका कारण विभिन्न स्थानमा पानी जमेको हो। जसका कारण आवतजावतमा समेत समस्या भएको छ।