सुर्खेत ।कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा २४ घण्टामा एउटा भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्बर ९ स्थित बार्खे बजारमा सिलाइ कटाई सिपकेन्द्रको भवनलाई सामाजिक दुरी कायम गरी २४ घण्टामा निर्माण सम्पन्न गरेको हो ।
आइतवार बिहान सुरु गरिएको भवनको काम सोमवार विहान सम्पन्न भएको थियो । कोरोना भाइरसको जोखिम भैरहेको बेला भवन निर्माणमा सामाजिक दुरी कायम गरी निर्माणको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए ।
अध्यक्ष बमका अनुसार मुख्यमन्त्री दलित महिला आय आर्जन कार्यक्रम बाट ४ लाख ९४ हजार रुपैँया बजेट रहेको उक्त भवन निर्माणमा पलाँता सरकारले आफ्नो सक्रियतामा सम्पन्न गरेको हो ।

सिलाइ कटाइ सिपकेन्द्रको कार्यक्रमले पलाँतामा रहेका बेरोजगार युवा युवतीहरुका लागि सिपको सिर्जना गरि आत्मनिर्भर बनाउनमा मुख्यमन्त्री दलित महिला आय आर्जन कार्यक्रमले ठुलो भुमिका खेल्ने पनि उनले विश्वास व्याक्त गरे ।
आयोजनामा लगानि पलाँता सरकारको रहने गरी आयोजना बाट सो वडाका १५० घरधुरी लावान्धित हुने बताइएको छ । सो योजनाका उपभोक्ता समिति अध्यक्ष टिउ दर्जिका अनुसार दुई दिन भित्र तयार गर्नको लागि पालिका अध्यक्ष बमले निर्देशन दिएपछि सो काम दुई दिन भित्र नै सम्पन्न गरिएको बताए ।
समितिका अध्यक्ष दर्जिका अनुसार सरकारले लिएको नारा सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्ने उद्देश्यले आफुहरु पलाँतामा लागिपरेको पनि उनले बताए । यो भवन निर्माण गर्नको खास कारण भनेको दलित महिलाहरुको लागी सिप बिकास केन्द्र स्थापना गर्नको लागि यो भबनको निमार्ण गरिएको पलाँता गाउपालीका अध्यक्ष लक्ष्मण बहादु बमले बताए ।