काठमाडौं, : झण्डै दुई दशकदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रभाकारी बनाउने क्षेत्रमा क्रियाशिल कैलाश खड्का नेपाल सरकारको बैदेशिक रोजगार वोर्डको सदस्यमा मनोनित भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईतबार खड्कालाई वोर्ड सदस्यमा मनोनित गरेको हो। मन्त्रालयले वैदेशिक रोजगारका विशेषज्ञमध्यबाट खड्कालाई वोर्ड सदस्यमा मनोनित गरेको हो । खड्का विगत दुई दशकदेखि बैदेशिक रोजगारीको क्षेत्रमा क्रियाशिल छन् । उनले मलेसिया लगायतका मुलुकसँग न्यून लागतमा श्रम सम्झौता गर्न पहल गरेका थिए।
अन्तराष्ट्रिय श्रम बजारको प्रवद्धन गर्दै वैदेशिक रोजगार व्यवशायीलाई व्यवस्थित बनाउने उदेश्यले गठन भएको वोर्डको अध्यक्ष श्रम मन्त्री हुने प्रावधान छ । उनी २०७१ सालदेखि श्रम मन्त्रालयको विशेषज्ञ समितिको पनि सदस्य हुदै आएका छन्।
नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशिल युवा उद्यमी खड्का दुई वर्ष अघि एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पनि पुरस्कृत भएका थिए।
सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक बर्ष दिने अवार्डबाट दुई वर्ष अघि हेल्थकेयर क्षेत्रमा गरेको योगदानको आधारमा खड्का पुरस्कृत भएका थिए।
विगत छ बर्षदेखि नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टीच्युट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राईभेट हस्पिटल एसोसियसन ९अपिन०का केन्द्रीय सदस्य पनि हुन्।
अष्टेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन् । उनी विगत दुई दशकदेखि नेपालको हेल्र्थकेयरका विभिन्न क्षेत्रमा सक्रिय छन्।