विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र चीन सरकारको संयुक्त टोलीले केही समय अगाडि गरेको कोरोना भाइरस (कोभिड–१९) महामारी अनुसन्धानले दिसामा पनि कोरोना भाइरस देखिन्छ भन्ने पत्ता लगाएको थियो ।
तर, अध्ययनले ढल वा दिसामा भएको भाइरसले भन्दा पनि खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाले एक व्यक्तिबाट अर्कोमा सर्दछ भनेको छ ।
काठमाडौंको ढलमा कोरोना भाइरस
नेपालमा भएको एक प्रारम्भिक अनुसन्धानबाट ढलमा कोरोना भाइरस भेटिएको छ । सेन्टर फर मलिकुलर डायनामिक्सका विज्ञहरूले काठमाडौंको ढलमा पनि कोरोना भाइरस रहेको पत्ता लगाएका हुन् । काठमाडौंको ४ स्थानका ढलबाट स्याम्पल लिएर परीक्षण गर्दा २ स्थानका ढलमा कोरोना भाइरस भेटिएको डा। समिरमणि दीक्षितले बताए ।
‘युरोपमा पनि सेफ्टिट्याङ्कीलाई निगरानी गर्ने गरिएको छ । ढलबाट स्याम्पल ल्याएर परीक्षण गर्दा भाइरस देखियो भने कुन घरबाट आएको ढल हो म्याप गर्न सजिलो हुने रहेछ’, उनले भने, ‘काठमाडौं पनि ठूलो शहर छ । यहाँ के रहेछ भनेर हेर्न खोजेका हौं । संक्रमण सर्ने भन्दा पनि संक्रमणको अवस्था के रहेछ भनेर हेर्न ४ ठाउँबाट नमुना ल्याएका थियौं । २ ठाउँमा कोरोना भाइरस फेला पर्यो ।’
प्रारम्भिक खोजीबाट समाजमा कोरोना भाइरस छ भनेर देखाएको उनले बताए । ‘समाजमा भाइरस छ छैन अन्योल भइरहेको छ । यसले के दाखायो भने समाजमा पनि छ भन्ने हो । धेरै मान्छेमा संक्रमण छ भन्ने प्रारम्भिक अध्ययन हो,’ उनले भने ।
विदेशबाट आएका व्यक्तिको दिसा ढलमा मिसिएर आएको हो वा विदेश नगएका कसैका सम्पर्कमा नरहेका व्यक्तिबाट आएको हो भन्नेमा पुष्टि नभएको उनले बताए ।
नेपालमा पनि अनुसन्धान गर्न सकिन्छ भन्ने पुष्टि भएको छ । ‘समाजमा भएको संक्रमण देखाउने रहेछ भन्ने पुष्टि भयो । अब समाजमा फैलिएको छ कि, केही व्यक्तिबाट मात्र ढलमा आएको हो कि, विदेशबाट आएर बसेकाको दिसाबाट आएको हो त्यो वृहतरुपमा अनुसन्धान गर्नुपर्छु, डा। दीक्षितले भने ।
उनका अनुसार ढलमा देखिएको भाइरस सर्ने जोखिम अत्यन्तै न्यून हुन्छ । ‘यो भाइरस शरीरभित्र बस्ने हो । बाहिर धेरै बस्न सक्दैन । पानीमा गएर यो भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून छ । पानीमा सर्ने भाइरस होइनु, उनले भने ।
यो अध्ययनको निष्कर्ष के हो त ?
यो अनुसन्धानबाट समुदायमा कोरोना भइरस छ भन्ने निष्कर्ष निकालेको छ । त्यस्तै कन्टायक्ट ट्रेसिङ गर्न सजिलो, सावधानी अपनाउन र समुदायमा परीक्षण गर्नुपर्ने यो अध्ययनको निष्कर्ष हो ।
डा। दीक्षितले यो जिन सिक्वेन्सिङकै एउटा पाटो रहेको बताए । ‘७–८ जनाको टोलीले गरेको खोजी हो । पीसीआर विधिबाटै गरिएको होु, उनले भने, ‘जिन सिक्वेन्सिङकै एउटा पाटो हो ।’
ढलमा पाइएको भाइरस सर्छ कि सर्दैन ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ डाक्टटर शेरबहादुर पुनले ढलमा पाइएको कोरोना भाइरस रोग सार्न सक्षम छ वा छैन भन्ने प्रश्न रहेको बताए । ‘ढलमा देखिनु भनेको कुन ठाउँबाट आएको हो त्यो ठाउँमा कोरोना संक्रमण छ भन्ने हो । तर, ढलमा पाइएको कोरोना भाइरस रोग सार्न सक्षम छ पा छैन भन्ने प्रश्न छ । त्यो पनि हेर्नुपर्ने हुन्छ ।’
दिसामा देखिएको भाइरसको स्रोत के हो त्यो पत्ता लगाउनुपर्नेमा उनले जोड दिए । ‘सामान्य मान्छेको दिसा हो कि रु होम क्वारेन्टाइनमा बसेकाबाट आएकाको हो रु काठमाडौं बाहिर वा विदेशबाट आएका व्यक्तिहरूको ट्वाइलेटबाट आएको हो रु अथवा वास्तविक रूपमा बाहिर कतै नगएको मान्छेको ट्वाइलेटबाट आएको हो, त्यो अनुसन्धान गर्नु जरुरी छु, उनले भने ।
समुदायमा फैलिएको भए जेष्ठ नागरिकलाई देखिनु पर्ने हो तर अहिलेसम्म ज्येष्ठ नागरिकलाई असर नदेखिएको उनले बताए । ‘समुदायमा फैलिएको भए वृद्धवृद्धालाई देखिनु पर्ने हो । त्यो देखिएको छैन । त्यो देखियो भने समुदायमा भाइरस गएको हुन्छ । यो अध्ययनले कन्ट्याक्ट ट्रेसिङलाई भने सहज बनाउँछु, उनले भने ।
सराकारको नीति विपरीत अनुसन्धान
कोरोना भाइरस परीक्षणको लागि सरकारले केही निजी प्रयोगशालालाई पनि अनुमति दिएको छ । तर, सेन्टर फर मलिकुलर डायनामिक्सलाई सरकारले अनुमति दिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने, ‘त्यो संस्थाले एप्लाइ नै गरेको छैन । डब्लूएचओले दिसा पिसाबमा पाइँदैन भनेको छ भने नेपला सरकारले डेथ बडीमा पाउँदैन भनिसक्यो । दिसा पिसबामा नपाउने पानीमा कसरी पाइन्छु, ती कर्मचारीले भने ।
अनुसन्धानको अनुमति लिएको छैन
अनुसन्धानको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिनु पर्ने हुन्छ । तर, सेन्टर फर मलिकुलर डायनामिक्सले परिषद्बाट स्वीकृत नलिएको पाइएको छ । परिषद्का अनुसन्धान प्रमुख डा। मेघनाथ धिमालले भने, ‘हामीसँग स्वीकृित लिएर गरेको अनुसन्धान होइन । के गरेको हो उहाँहरूसँग बुझ्दै छौं ।’
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्बाट स्वीकृति नलिई विदेशमा लगेर पहिलो संक्रमितको जिन सिक्वेन्सिङ गरेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झासहित ६ जनासँग परिषद्ले स्पष्टीकरण सोधेको थियो । डा. झासहित प्रयोगशालाकै डा। रञ्जित साह र हेमन्त ओझा, रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे, पूर्वनिर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोलालाई स्पष्टीकरण सोधिएको थियो ।
राज्यसँग मिलेर काम गर्छौं
डा। दीक्षितले कोरोनाको अनुसन्धान नेपालमै गर्न सम्भव रहेकाले राज्यसँग मिलेर काम गर्ने बताए । ‘सेन्टर फर मलिकुलर डायनामिक्सले १३ वर्ष भयो अनुसन्धान गरेको, अन्य देशका वैज्ञानिकसँग मिलेर अनुसन्धान गर्दै आएका छौँ । हैजा, स्वाइन फ्ल्लू पनि अनुसन्धान गरेका छौुं, उनले भने, ‘कोरोनाको पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिमिडियोलोजी र डब्लूएचओसँग मिलेर हामी काम गर्न तयार छौँ। उहाँहरूसँग कुरा अगाडि बढेको छ ।’
भिडियाे साैजन्य : सेन्टर फर मलिकुलर डायनामिक्स