बझाङ / बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ। प्रहरी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।
गाउँपालिका उपाध्यक्ष निशा धामीले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको जानकारी दिईन्।
पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा,१५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन्।
उनीहरुको खोजी कार्य जारी राखिएको उपाध्यक्ष धामीले बताईन्। गएराती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको उनले बताईन्।
राती पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाएपनि सात जना भने पहिरोमा पुरिएका थिए। व