धनगढी, १९ असार- विभिन्न नदीमा आएको बाढी गाउँ पस्दा कैलालीमा दुई दर्जन बढी घर डुबानमा परेका छन् । ती मध्ये केही घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अहिले सम्म कैलालीको घोडाघोडी नगरपालिका, बर्दगोरीया गाउँपालिका र जोशीपुर गाउँपालिकामा नदिले घर डुबान गरेको प्रहरीले जनाएको छ ।
कैलालीको घोडाघोडीमा स्थानीय लक्ष्मि न्यौपानेको घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
उनले जोशीपुरमा करिब २० घर डुबानमा परेको समेत बताए ।बर्दगोरीयामा पनि केही घर डुबान परेका छन् उनले भने त्यसको विवरण भने अझै पुगेको छैन । वडा नम्बर ३ का हिरालाल चौधरीको घर भत्किएको र उनलाई उद्धार गरी अन्यत्रै लगिएको समेत उनले बताए ।
