• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकारद्वारा झुटको खेती, भेन्टिलेटर नपाएर किशोरले गुमाए ज्यान

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाईरसको अपडेट र स्वास्थ्यसंस्थाको अवस्थाबारे हरेक साँझ तथ्याङक सार्वजनिक गर्दै आएको छ। असार १३ गतेसम्म सार्वजनिक गरिएको तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसियू कक्ष र १० वटा भेन्टिलेटर उपलव्ध छ।

सेती प्रादेशिक अस्पतालमा १० र महाकाली अस्पतालमा चार शैयाको आईसियू तथा सेती अस्पतालमा ६, महाकाली र डडेल्धुरा अस्पतालमा दुईरदुई वटा भेन्टिलेटर उपलव्ध रहेको भन्दै सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले तथ्याङक सार्वजनिक गरेका छन्।

एक महिनासम्म महाकाली अस्पतालमा चार बेडको आईसियू र दुई वटा भेन्टिलेटर रहेको भन्दै तथ्याङक सार्वजनिक गरिएकोमा १४ असारमा भने उक्त तथ्याङक परिमार्जन गरियो। १४ असारमा महाकाली अस्पतालमा रहेका दुई वटा आईसियू बेड घटायो भने दुई वटा मात्रै उपलव्ध रहेको तथ्याङक सार्वजनिक गरियो। एक महिनासम्म दुई वटा भेन्टिलेटर उपलव्ध रहेको जानकारी दिईएकोमा १४ असारमा भने एउटा समेत भेन्टिलेटर उपलव्ध नभएको भन्दै तथ्याङक सार्वजनिक गरियो।

१४ असारदेखि नयाँ तथ्याङक सार्वजनिक भएसंगै महाकालीमा चार बेडको आईसियू र दुई वटा भेन्टिलेटर रहेको भन्दै सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले झुठको खेती मात्रै गरेको पुष्टि भएको छ। महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले अस्पतालमा भेन्टिलेटर नै नभएको बताउँदै भने, ‘आईसियू बेड त राखिएको छ तर सञ्चालनमा आएको छैन्।’

प्रत्येक दिन झुठो विवरण दिएर प्रदेशवासीलाई भ्रममा पारेपछि बुधवार एक बालकले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ का १४ बर्षीय पर्वत गिरीलाई बुधबार बिहान सर्पले टोकेपछि महाकाली अस्पताल पुगाइएको थियो। महाकाली अस्पतालमा आईसियू र भेन्टिलेटर उपलव्ध छ भनेरै उनलाई त्यहाँ पुगाईएको हो।

‘बेहोस अवस्थामा रहेका बालकलाई महाकाली अस्पताल पु¥याइएको थियो,’ अस्पतालका सूचना अधिकारी भट्टले दिनेश खवरलाई भने, ‘ अस्पतालमा भेन्टिलेटर र आइसियु नभएपछि धनगढी रिफर गरिएको थियो।’ महाकाली अस्पतालमा आईसियू र भेन्टिलेटर उपलव्ध भएको गलत जानकारी पाएका कारण उनलाई सेती प्रादेशिक अस्पतालमा समयमा पुगाउन सकिएन र उनको बाटोमै मृत्यु भयो।

‘सामाजिक बिकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक दिन अपडेट गर्ने डाटामा महाकाली अस्पतालमा २ भेन्टिलेटर छ भनिएको छ,’ पत्रकार दिलवहादुर छत्यालले फेसवुकमा स्टाटस लेखेका छन्, ‘तर महेन्द्रनगरमा सर्पले टोकेको १४ बर्षिय बालकको महाकाली अस्पतालमा एउटा पनि भेन्टिलेटर नभएर नै अकालमै ज्यान गएको छ।’ यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र काकीले भने भेन्टिलेटर खरिदको चरणमा रहेको बताउँदै महाकालीमा अहिले भेन्टिलेटर उपलव्ध नरहेको जानकारी दिए।

बिहिबार, असार १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.