धनगढी, १७ असार- डोटीको बडीकेदारबाट धनगढी आएको चुरे गाउपालीका भासुमा पिकअप जिप दुर्घटना भएको छ । से १ च २२८० नम्वरको स्कारपियो दुर्घटना भएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का केशव बहादुर बमको स्कारपियो बडिकेदारबाट धनगढी आउँदै गर्दा कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक दुर्घटना भएको हो
गाडीमा सामान्य क्षति भएपछि सवार सबै सकुशल रहेको बताईएको छ ।
भागरथी निर्माण सेवा धनगढी संचालक समेत रहेका बम सवार रहेका चालकलाई कुनै चोटपटक नलागेकाे बताईएको छ । दुर्घटना भएको जिपलाई धनगढी ल्याउने तयारी भैरहेको छ । गाडीमा अघाडीको भागमा क्षेति भएको जनाएको छ ।