धनगढी, २ असार- कोरोना भाइरस को सङ्क्रमण आज ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा सङ्क्रमण देखिएको बताए ।
नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोेना सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा सङ्क्रमण देखिएको उनले बताए ।